सर्लाही, १० भदौ ।। सर्लाहीमा स्ववियु सभापतिको ठाउँमा स्नातक दोस्रो वर्षको परीक्षा दिइरहेका नक्कली परीक्षार्थी पक्राउ परेका छन् ।

शुभ जनता बहुमुखी क्याम्पस ६ बरहथवामा सञ्चालित मानविकी संकायको दोस्रो वर्षको परीक्षा दिइरहेका नक्कली परीक्षार्थी हरिवन नगरपालिका १ बस्ने विष्णुकुमार श्रेष्ठलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बरहथवाले जनाएको छ ।

बरहथवाका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक लिला लामिछानेले प्रवेश पत्र पनि नभएको नक्कली परीक्षार्थीले परीक्षा दिइरहेको सूचनाको आधारमा उनलाई पक्राउ गरिएको बताए । सिम्वल नं. ६०२३२०००८ भएका प्रेम दाहालको नाउँमा परीक्षा दिइरहेकोमा उनलाई पक्राउ गरिएको हो ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बरहथवाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here