राैतहट, २८ साउन ।। प्रेम यादव ।। मधेश प्रदेशका उर्जा, सिँचाइ तथा खानेपानीका राज्य मन्त्री माे.अब्दुल कलाम आजाद राैतहटकाे गाैर पुगेका छन् ।

भिषण वर्षा कारण लालबकैया र बागमती नदीकाे जलसतह बढेकाे थियाे । जसकारण कतिपय ठाउँका नदीका टट्बन्धहरु काटिएका छन् । साेही कटानीबाट भएकाे क्षति तथा व्यवस्थापनकाे निरिक्षणका लागि राज्यमन्त्री आजाद राैतहटका बिभिन्न ठाँउ पुगेका हुन् ।

राजपुर नगरपालिका वडा नं.९ अवस्थित बैरिया घाटमा भएको लगभग ८० मिटर कटानीलाई नियन्त्रण तथा मर्मत कार्य अन्तर्गत सिँचाइ कार्यालय राैतहटबाट माननिय माे. अब्दुल कलाम अजाद र मा. शाेभा देवीकाे पहलमा बाँधलाई तत्कालै व्यवस्थापनका लागि बाेरा र जाल लगायत अन्य सरसमाग्रीहरुकाे व्यवस्था गरिएकाे छ ।

त्यसैगरी, यमुनामाई गाउँपालिका वडा नं ३ मलहिनियामा रहेकाे लालबकैया तटीय क्षेत्रकाे लगायत अन्य बाढी ग्रसित क्षेत्रहरुकाे पनि निरिक्षण गर्नुभएको छ।

निरिक्षणमा उर्जा, सिँचाइ तथा खानेपानी राज्यमन्त्री माननीय माे.अब्दुल कलाम आजाद, प्रदेश सभा सदस्य माननीय शाेभा देवी, समाजवादी विद्यार्थी युनियनका केन्द्रीय सचिव ललन यादव, समाजवादी युवा संघका अध्यक्ष पुन प्रताप पटेल, केन्द्रीय सदस्य उपेन्द्र यादव ,राजमन्त्रीका स्वकीय सचिव बिवेक प्रसाद यादव ,यमुनामाई गाउँपालिकाका अध्यक्ष माेहम्द साउद लगायत सिँचाइ कार्यालय राैतहटका टाेली समेतकाे उपस्थिति रहेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here