रौतहट, २८ साउन ।। रौतहट जिल्लाको बौधिमाई नगरपालिका बंकुल स्तिथ रहेको चन्द्रज्योती कान्ति हस्पिटल द्वरा वृहत रक्तदान कार्यक्रम गरिएको छ । बौधिमाई नगरपालिकाको इतिहासमा पहिलो पटक बृहत रक्तदान कार्यक्रम भब्यताका साथ -सम्पन गरेकोमा चन्द्रज्योति कान्ति हस्पिटल प्रा.लि. माथी हाम्रो समाजको एउटा गर्वको कुरा रहेको स्थानीय बुद्धजीहरूकाे बुझाइ रहेकाे छ ।
नेपाल रेडक्रस सोसाइटी रौतहट जिल्ला शाखा गौरका अनुसार हालको बौधिमाई नगरपालिका र पुरानो अजगैबी, इनरवा, मट्टिअर्वा,इनरवारी, कोपवा,पिपरिया, बंकुल र सरमुज्वामा कुनै पनि समय काल-खण्डमा रक्तदान कार्यक्रम आयोजना गरेको अभिलेख नरहेको बताए ।
उक्त रक्त दान कार्यक्रममा उल्लेखनीय सहभागिता भई २७ जनाहरु रक्त दान गरेका छन् । रक्त दान गरेका २७ जना लाई रेडक्रस सोसाइटी रौतहट जिल्ला गौर शाखा द्वारा प्रशंसा पत्र समेत दिएका छन् । साउन १८ गते हस्पिटलको वार्षिक उत्सव को उपलक्ष्यमा गरिएको रक्त दान कार्यक्रम को प्रशंसा दिइएको हो ।
शाखाका महामन्त्रि धर्मेन्द्र सिंहका अनुसार बौधिमाई भन्नेको रौतहटको हुमला-जुमला हो र यस क्षेत्रमा पनि चन्द्रज्योति कान्ति हस्पिटल प्रा.लि.ले २७ जनाबाट भए ता पनि रक्तदान जस्तो उत्कृष्ट मानवीय कार्य गर्न सफल भएकोमा नेपाल रेडक्रस सोसाइटी गौर रौतहटले प्रशंसा-पत्र समेत दिएका छन् । यस्ता कार्य गर्न मनोबल लाई बढाउन उद्देश्यले प्रशंसा पत्र वितरण गरिएको उनको भनाई छ । “रक्तदान जीव दान” अहिलेको परिवेशमा रक्त दान अति आवश्यक रहेको डा .अमरेश यादव ले बताएका छन् ।