काठमाडौँ १५ फागुन ।। जबर्दस्ती करनी मुद्दामा सर्वोच्च अदालतले हरियो झंडी देखाएको छ । सर्वोच्च अदालतले सन्दीप लामिछानेलाई विदेश जान अनुमति दिएको छ ।
सोमबार सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासले सन्दीपलाई विदेश जान दिने निर्णय गरेको हो ।
लामिछानेले आफूलाई क्रिकेट खेल्न जान दिनुपर्ने माग गर्दै निवेदन दिएका थिए भने महान्यायाधीवक्ताको कार्यालयले सन्दीपलाई थुनामा राखेर अनुसन्धान गर्नपर्ने भन्दै निवेदन दिएको थियो ।