रौतहट १३ फाल्गुन ।। राैतहट जिल्लाको राजदेवी नगरपालिका वडा नं ७ मा रहेकाे श्री नेमधारी वासुदेव नमुना माध्यमिक विधालयमा नगरपालिकाले पठाएको प्रतिनिधि लाई वेवस्था गर्दै मनोपली ढंगले विधालय व्यवस्थापन समिति चयन गरेका छन् ।

पालिकाले शिक्षा संयोजक विजय कुमार सिंह र शिक्षा सहसंयोजक संजय कुमार यादव लाई प्रतिनिधिको रुपमा पठाएको थिए । प्रतिनिधि लाई कुनै वास्ता नै नगरी चयन गरिएको समिति लाई मनोमान नहुने भन्दै वडाअध्यक्ष विजय शंकर प्रसाद यादव सहित अभिभावक लगायतले कार्यक्रम बहिष्कार गरेका छन् ।

विधालय लाई व्यवस्थित बनाउन चयन गरिने विधालय व्यवस्थापन समितिको गठन गर्नका लागि विद्यालयले आह्वान गरे अनुसार आज अभिभावकहरू लगायतका व्यक्तिहरु उपस्थित भएका थियो ।

व्यवस्थापन समितिको चयन अध्यक्ष रामेश्वर यादवाले आफ्नो मनोपली ढंगले समिति चयन गरेको थियो । पालिका प्रतिनिधि लाई वेवस्था गर्दै चयन गरिएको समिति लाई अभिभावक लगायत वडाअध्यक्ष विजय शंकर प्रसाद यादवले बहिष्कार गरी बाहिर निस्केका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here