रौतहट ०९ फागुन ।। रौतहटको सदरमुकाम गौरमा ग्रामीण विकास केन्द्र नेपाल (RDC) को आयोजना र नेपाल पत्रकार महासंघ रौतहटका सहकार्यमा लिङ्ग र लैङ्गिकतामा आधारित हिंसा न्यूनीकरण र सम्बोधनमा मिडियाको भुमिकाबारे एकदिवसीय प्रशिक्षण कार्यक्रम गरिएको छ । गौरको बि. पी. चौकमा रहेको सयिमान होटेलको सभाहलमा आयोजना गरिएको एकदिवसीय प्रशिक्षण कार्यक्रम प्रशिक्षकको रुपमा नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष धर्मेंदर झा रहेको थियो ।
यस जिल्लामा लिङ्ग र लैङ्गिकताको विभेद बढी रहेकोले रौतहटका संचारकर्मीहरु लाई यस बिषयबारे मिडियाको चासो कमदेखिएकोले चासो ली कलम चलाउन उत्पेरेरित गर्ने उदेस्यले ग्रामीण विकास केन्द्र नेपालले लिङ्ग र लैङ्गिकतामा मिडियाको भुमिकाबारे एकदिवसीय प्रशिक्षण दिएको छ ।
प्रशिक्षण कार्यक्रममा नेपाल पत्रकार महासंघ रौतहटका अध्यक्ष प्रेमचन्द्र झा , महासंघ रौतहटका पुर्व अध्यक्ष रबिन्द्र शाह , बरिष्ट पत्रकार प्रभात झा , बिभिन्न संचार मध्यमका संचारकर्मी साथी लगायत ग्रामीण विकास केन्द्र नेपालका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।