काठमाडौं १४ भदौ ।। नेपाल राष्ट्र बैंकले दसैंका लागि १० अर्ब रुपैयाँ बराबरको सुकिला (नयाँ नोट) को व्यवस्था गरेको छ । केन्द्रीय बैंकले भदौ २६ गतेदेखि बजार पठाउने गरी उक्त परिणामको नयाँ नोटको व्यवस्था गरेको हो । यद्यपि, भदौ २६ गतेदेखि नै बैंक तथा वित्तीय संस्थाहरुलाई सुकिला नोट उपलब्ध गराइने तयारी भएपनि औपचारिक निर्णय भने भइनसकेको राष्ट्र बैंकका मुद्रा व्यवस्था विभागका प्रमुख रेवती नेपालले रातोपाटीलाई जानकारी दिए ।

यसपालि सुकिला नोटको प्रयाप्त व्यवस्था गरिएको छ । बजारको माग अनुसार नोटको वितरण हुन्छ’ नेपालले भने, ‘१० अर्ब छुट्याइएको छ, अपुग भए थप नोटको व्यवस्था गरिन्छ । गत वर्ष बैंकले ८ अर्ब रुपैयाँ बराबरको सुकिला नोट बजारमा पठाएको थियो । प्रतिव्यक्ति नोट सटहीको अधिकतम १८ हजार ५०० रुपैयाँ सीमा तोकेर सुकिला नोट वितरण गरेको बैंकले यस वर्ष भने सीमा नलगाउने बताएको छ ।

गत वर्षहरुमा जस्तै यस वर्षपनि बैंकले रु. ५, रु. १०, रु.२०, रु.५० र रु.१०० गरी पाँच वटा खुजुरा सुकिला नोटहरु बजार पठाउने तयारी गरेको छ । नयाँ नोट पाएपछि बैंक तथा वित्तीय संस्थाहरुले आफु अनुकुल सर्वसाधारणलाई वितरण गर्न सक्नेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here