महोत्तरी ०३ असार ।। महोत्तरीमा नै पहिलोपटक नर्सिङ कलेजको सम्बन्धन प्राप्त भएको छ । सिटिइभिटीबाट मान्यता प्राप्त उक्त कलेज संचालनको जिम्मेवारी शुभ स्वस्तिक टेक्निकल इष्टिच्युटले पाएको हो ।

जिल्लाको बर्दिबास नगरपालिकामा संचालित उक्त इष्टिच्युटले प्रमाणपत्र तहको ३ बर्षे नर्सिङ अध्यापन गराउने उक्त कलेजका संचालक दिपक कार्कीले जानकारी दिए ।

जिल्लाका झण्डै २ हजार भन्दा बढी किशोरीहरु नर्सिङ अध्यणको लागी बाहिर गइरहेको बेला यो कलेजले केही हदसम्म भए पनि राहत प्रदान गरेको स्थानियहरुको बुझाइ छ ।

प्रारम्भिक चरणमा कलेजले ४० जनाको सिट मात्र निर्धारण गरेको छ । यसमध्य ४ जनालाइ छात्रवृत्तिको समेत व्यवस्था गरिएको छ । एकजनाले नर्सिङ पूरा गर्न सिटिइभिटीले निर्धारण गरेको रकम ६ लाख २५ हजार तिर्नुपर्ने कलेज व्यवस्थापनले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here