बारा १४ भदौ ।। आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभाको निर्वाचनकालागि बारा २ बाट जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव उम्मेदवारमा सिफारिस भएका छन् ।

सोमबार बसेको जसपा बारा क्षेत्र नम्बर २ कमिटीको बैठकले यादवको नाम सिफारिस गरेको हो । यस अघि २०७४ को निर्वाचनमा यादव सप्तरी २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् ।

जसपाको क्षेत्रीय कमिटीले यादवसँगै रामसहायप्रसाद यादव र प्रयाग रायको नाम पनि सिफारिस गरेको छ । रामसहाय २०७४ को निर्वाचनमा तत्कालीन संघीय समाजवादी फोरमबाट २८ हजार १८५ मत ल्याएर विजयी भएका थिए ।

सप्तरी २ बाट जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले चुनाव लड्ने घोषणा गरिसकेका छन् । यादव कहाँबाट लड्ने अहिले निश्चित भइसकेको छैन ।

यादव बारा २ बाट चुनाव लडे सो क्षेत्रबाट निर्वाचित रामसहायलाई समानुपातिकमा पठाइने बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here