रौतहट १० भदौ ।। रौतहट लगायत तराई-मधेशमा गर्मी बढ्ने भएकोले सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेका छन् । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज रौतहट लगायत तराईका जिल्लामा तापक्रम बढ्ने जनाएको छ ।
महाशाखाले शुक्रबार बिहान एक विज्ञप्ति जारी गर्दै तराईका जिल्लामा बस्नेलाई गर्मीबाट बच्न आवश्यक सतर्कता अपनाउनसमेत अनुरोध गरेको हो । तराईका केही स्थानहरूमा तापक्रम बढ्ने सम्भावना रहेकोले गर्मीबाट बच्न आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ,’ महाशाखाले भनेको छ ।
बर्षा समयमा तराईका जिल्लामाहरुमा पछिल्ला दिनमा वर्षा कम भइरहेको कारण तापक्रम वृद्धि भइरहेको जल तथा मौसम विज्ञान विभागले बताएका छन ।