रौतहट १० भदौ ।। हनुमत कु. यादव ।। समयमा पानी नपर्दा किसान चिन्तित बनेका छन् । रौतहट सहित तराई–मधेशका जिल्लामा पानी नपर्दा धान बाली सुक्न थाले पछि किसान चिन्तित बनेका छन् । जिल्लाको उत्री केहि भागमा नहरको सुबिधा भएपनि द्क्षानी भेगमा चाही सिँचाइको अभावमा किसानले लगाएको धानबाली सुक्न थालेको छ । हालै केहि समय पहिले रोपिएको धान खेतमा धाँजा फाटेको छ ।

खडेरीको मार मै जेनतेन रोपाइँ गरेका किसानको खेतमा धानका बोट हुर्कन पाएको छैन । पर्याप्त वर्षा नभएपछि केहि खेत रोप्न बाकी रहेको र भदौ पहिलो सातासम्म रोपाइँ गरेका खेतमा पनि धाँजा फाटेर धानका बोट पहेँलिन,बिभिन्न किसिमको रोग लाग्न थालेका छन् । बोट हलक्क बढ्नुपर्ने बेला सुक्न थालेपछि किसानहरू आकाशे पनिको आसमा आकाशतिर हेर्दै दिन काटिरहेका छन् ।

रौतहटमा अहिले आकाशे पनिको भर नरहेको र सिँचाइको व्यवस्था नरहेको कारण किसन हतास भई चिन्तित बनेका छन् । जिल्लाका प्राय कृषिमा आधारित रहेका हुनले सबै चिन्तित बनेका छन् । जिल्लाको राजदेवी,गौर,यमुनामाई,कटहरिया,फतुवा विजयपुर,देवाही गोनाही,गरुडा लगायत सबै पालिकाका किसानले प्म्पीसेट,कृषि मोटर चलाएर धान बालीमा सिँचाई गरिरहेका छन् । पानी नपरेपछि किसानहरुलाइ अहिले चिन्ताले सताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here