काठमाडौं १० साउन ।। दुई दिनसम्म निरन्तर बढेको सेयर बजार आज दोहोरो अंकले घटेको छ । सेयर कारोबारको तेस्रो दिन आज नेप्से परिसूचक ४४.८० अंकले घटेको हो । आज नेप्से ४४.८० अंकले घटेर २०८८.१६ विन्दुमा पुगेको छ। नेप्से ओरालो लागेसँगै कारोबार रकम पनि घटेको छ। यसदिन २२२ कम्पनीको ८७ लाख ४० हजार ५५१ कित्ता सेयर ३ अर्ब ७० करोड ४९ लाख ९८ हजार ३९८ रुपैयाँमा कारोबार भयो ।
सोमबार ४ अर्ब १० करोड ६८ लाख १८ हजार ९४१ रुपैयाँमा खरिदबिक्री भएको थियो । आज कारोबारमा आएका सबै समूहको सूचक घटेको छ । यसदिन कुनै पनि कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेन ।
मंगलबार पनि १९ करोड ३६ लाख ६७ हजार २६० रुपैयाँको कारोबार हुँदा शिवम् सिमेन्ट्स अग्रस्थानमा रह्यो । आज सेयरबजारमा गणपति लघुवित्तका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यसको मूल्य आज ६.८२ प्रतिशतले घटेको छ ।