एजेंशी १२ असार ।। अखिल भारतीय मजलिस-ए-इत्तेहादुल (एआईएमआईए)का अध्यक्ष र हैदराबादका सांसद असदुद्दीन ओवैसीले महाराष्ट्रको राजनीतिक सङ्कटलाई ‘बाँदरको नाच’सँग तुलना गरेका छन् ।

समाचार एजेन्सी एएनआईसँगको कुराकानीमा ओवैसीले भने, ‘हामी हेरिरहेका छौँ … हामी त्यहाँ बाँदरहरू नाचिरहेका देखिरहेका छौँ। एक रूखबाट अर्को रूखमा झुन्डिएका छन्। यो रूखबाट त्यो रूखमा जाँदैछन् । हामी तमासा हेरिरहेका छौँ। ।

जब ओवैसीलाई महाराष्ट्रको राजनीतिक सङ्कटको बारेमा प्रश्न गरिएको थियो, उनले पहिले यो उनको मतलबको विषय नभएको र यो महाविकास अघाडीको आन्तरिक मामिला रहेको बताएका थिए । उनले मुद्दा उनीहरु आफैले हेर्नुपर्ने जिकर गरे ।

अन्त्यमा जिगर मुरादाबादीको शेर प्रयोग गर्दै ओवैसीले भने, ‘म अखलाक जलिरहेको घर देख्दैछु, हेर्न सक्दिनँ, तर देखिरहेको छु ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here