काठमाडौं, ०५ भदौ ।। नवनियुक्त प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने भएका छन् । सोमबार सर्वोच्च अदालतको ३१ औं प्रधानन्यायाधीशमा नियुक्त भएका श्रेष्ठले आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडैलसमक्ष पद तथा गोपनीयताको शपथ लिन लागेका हुन् ।

संवैधानिक परिषद्को सिफारिसमा सोमबार राष्ट्रपतिले श्रेष्ठलाई संविधानको धारा १२९ को (२) बमोजिम प्रधानन्यायाधीश पदमा नियुक्त गरेका हुन् ।

संवैधानिक परिषद्ले १८ साउनमा श्रेष्ठलाई प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो । तत्कालीन प्रधानन्यायाधीश हरिकृष्ण कार्की उमेरहदका कारण २० साउनमा अवकासमा गएपछि बरिष्ठतम् न्यायाधीश श्रेष्ठले कामयमुकायमको जिम्मेवारी पाएका थिए ।

२०१६ सालमा डोटीमा जन्मिएका श्रेष्ठ २०३८ सालमा शाखा अधिकृताबाट सरकारी सेवामा प्रवेश गरेका थिए । उनी जिल्ला,उच्च अदालतहुँदै सर्वोच्च अदालतको न्यायाधीश बनेका थिए ।

२०७३ सालदेखि उनी सर्वोच्च अदालतको न्यायाधीश थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here