काठमाडौं ०९ भदौ ।। नेपाली राष्ट्रिय क्रिकेट टोलीले केन्या विरुद्धको पहिलो टी–ट्वान्टी खेलमा टस जितेर ब्याटिङ गर्ने भएको छ । नैरोबीस्थित जिमखाना क्रिकेट मैदानमा हुने खेल केही समय ढिला सुरु भएको हो । आजको खेलमा नेपाल सुखद सुरुवात गर्ने योजनामा छ । नयाँ प्रशिक्षक मनोज प्रभाकरको प्रशिक्षणमा नेपालले पहिलो खेल खेल्दैछ ।

पाँच खेलको टी–ट्वान्टी सिरिजको दोस्रो खेल भदौ १० गते , तेस्रो भदौ १२ गते, चौंथो भदौ १३ गते र पाँचौ तथा अन्तिम खेल भदौ १४ गते हुनेछ । यसपछि नेपालले एकदिवसीय खेल खेल्नेछ ।

आईसीसी टी–ट्वान्टी विश्वकप छनोटका क्रममा नेपाल र केन्याबीच दुई पटक भेट भएको छ । सन् २०१२ मा यूएईमा भएको सो खेलमा नेपालले केन्यालाई ५ विकेटले हराएको थियो । यस्तै, सन् २०१४ मा यूएईमा नै भएको खेलमा केन्याबिरुद्ध नेपालले ६ विकेटको जित निकालेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here