रौतहट ०२ साउन ।। रौतहटको सदरमूकाम गौर नगरपालिका वडा नम्बर ४ टिकुलियामा आगलागी हुँदा लाखौंको सम्पति जलेर नस्ट भएको छ । आगलागी हुँदा तिन जनाको घर सहित मालधनको क्षति भएको छ । टिकुलिया टोल निवासी ढोरा चनौं, छेराही चनौं र मंगनी चनौंको घरमा आगलागी हुँदा लाखौंको धन सम्पति जलेर नष्ट प्रहरीले जनाएको हो ।

आगालाहुदा घरमा रहेको सबै सरसमानहरु डढेर नष्ट भएको स्थानीयले बताएका छन् । आगलागी ग्यास सिलिण्डर पडकिएर भएको बुझिएको स्थानीयले बताएका छन् । गौर नगरपालिकाको बारुण यन्त्र दमकल समयमै पुगेर ठूलो क्षती हुन बाट जोगिएको थियो । दमकल र स्थानियको सहयोगमा आगलागि नियन्त्रणमा गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here