जनकपुरधाम ०२ साउन ।। भारतको राजस्थानस्थित उदयपुरका एक व्यक्तिले तीन महिनाभित्र तीन विवाह गरेका छन् । भारतीय सञ्चारमाध्यमहरुका अनुसार ४२ वर्षीय खेमराज नाम गरेका व्यक्तिले ९० दिनमा तीन विवाह गरेका हुन् । तर, तीनमध्ये दुई श्रीमतीले फेरि पनि छाडेपछि भने उनले आत्महत्या गरेका छन् ।

समाचारमा उल्लेख गरिएअनुसार उनकी एक श्रीमतीको भने मृत्यु भएको थियो । आफ्ना श्रीमतीहरुले छाडेर गएसँगै उनी तनावमा थिए। उनको शव फतहसागरको किनारामा एउटा रुखमा अड्किएको अवस्थामा फेला परेको हो । स्थानीयका अनुसार मृतकले अटो चलाएर आफ्नो परिवार पाल्दै आएका थिए। मृतक खेमराजका छोराका अनुसार उनी सानै छाँदै उसकी आमाले अर्कै व्यक्तिसँग विवाह गरेकी थिइन् ।

त्यसपछि लामो समयसम्म खेमराजले विवाह गरेनन्। तर, पछि उनले तीन महिनाभित्र तीन विवाह गरे। जसमध्ये एक श्रीमतीको मृत्यु भएको थियो। अन्य दुईजना भने अर्कै व्यक्तिसँग भागेका थिए । छोराका अनुसार श्रीमतीहरुले छाडेर हिँडेसँगै खेमराज निकै तनावमा देखिन्थे । यसैबीच उनले आत्महत्या गरेको उनका छोराले बताएका छन्। प्रहरीले यस विषयमा अहिले अनुसन्धान भइरहेको बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here