रौतहट ५ माघ ।। मधेश प्रदेश सरकारले आज विशेष कार्यक्रम गरी मधेश बलिदानी दिवस मनाउन लागेको छ । मधेश आन्दोलनका क्रममा सिरहाको लहानमा रमेश महतोको मृत्यु भएको आजको दिनलाई मधेश बलिदानी दिवसको रुपमा प्रदेश सरकारले मनाउँदै आएको हो ।

बलिदानी दिवसको अवसरमा मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले सहिद रमेश महतोको शालिकमा माल्यार्पण गरेका छन् । आज बलिदानी दिवसको उपल्क्षयामा प्रदेशका मुख्यमन्त्री लगायत मन्त्रीहरु प्रदेशका जिल्लाहरुमा बलिदानी दिवस भव्यताका साथ मनाएका छन ।

बुधबार सिरहाको लहानस्थित सहिद महतोको सालिकमा माल्यार्पण गरेका हुन् । मधेश आन्दोलनको क्रममा महतोले सहादत प्राप्त गरेका थिए । उनी मधेश आन्दोलनका प्रथम सहिद हुन् । कार्यक्रममा मधेश आन्दोलनका क्रममा शहीद भएकाको परिवारलाई सम्मान र आर्थिक सहयोग प्रदान गरेका छन् ।

मधेश प्रदेश सरकारले प्रत्येक वर्ष माघ ५ गते बलिदान दिवस मनाउने गरेका छन् । यस वर्ष सप्तरीको राजविराजमा मधेश प्रदेश सरकारले बलिदानी सभाको आयोजना गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here