काठमाडौं ०२ साउन ।। नेकपा (माओवादी केन्द्र)का सांसद सुरेशकुमार आलेमगरले पार्टी अध्यक्ष पुष्पकमल दाहालको भारत भ्रमणमा प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणा देउवासँग भएको भेटसँग जोडेर झूट प्रचार गरिएको भन्दै आपत्ति जनाएका छन् ।

सांसद आलेमगरले गलत हल्ला फैलाउने कार्य भएको भन्दै आक्रोश पोखे । उनले त्यस्तो हल्ला फैलाउनेलाई साइबर स्यालको संज्ञा पनि दिए । । सोमबार राष्ट्रियसभा बैठकमा विशेष समय लिएर बोल्दै उनले भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौंथाईवालेको उपस्थितिमा भएको पार्टी अध्यक्ष दाहाल र राणाबीचको भेटमा यस्तो सहमति हुनै नसक्ने जिकिर समेत गरे ।

उनले भने, ‘अर्को भर्खरै हाम्रो आदरणीय अध्यक्ष कमरेड प्रचण्डको इन्डिया भ्रमणको बारेमा जुन एउटा न्युज आयो । त्यो फेक न्यूज हो । एउटा पार्टीको विदेश विभाग प्रमुखको उपस्थितिमा कमरेड प्रचण्ड–आरजु राणाजीको बैठकले त्यस्तो निर्णय गर्न सक्छ ? वाईयत कुरा । झुट कुरा । यो मैले सुनेको थिए–साईबर स्यालकै कल्पना हो । विल्कुल त्यस्तो कल्पना हो, सम्माननीय अध्यक्ष महोदय । अर्को एम अधिकारको प्रसंग पनि हट केक बनेको छ । हामीले मान्यौ–एम अधिकारी भन्ने अहिले राष्ट्र बैंकको गभर्नर हुनुहुन्न रहेछ, त्यो मानियो । त्यो को हो त ? एम अधिकारी भन्ने मान्छे को हो त ? हुन त एमालेका साथीहरुले भन्नु भयो, एम अधिकारी को हो भनेर जान्न एमालेमा आउनुपर्यो । तर यो कुरा उठ्यो नि त यहाँनिर । कुरा उठेपछि जनताले जान्नु परेन ? हो, त्यसैले यो कुरा मैले यहाँ राख्न चाहेँ ।’

सांसद आलेमगरले एमाले अर्थ तथा योजना विभागका सदस्य एम अधिकारी नेपाल राष्ट्रका गभर्नर महाप्रसाद अधिकार नभए को हुन् भनि प्रश्न समेत गरे । उनले सिंगापुर प्रहरीमा गोर्खालीहरुलाई तलव भत्तामा समेत ठूलो विभेद हुने गरेको उल्लेख गर्दै त्यो समस्या तत्काल समाधान गर्न पनि सरकारको ध्यानाकर्षण गराए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here