रौतहट ०१ चैत ।। रौतहट जिल्ला कारागार कार्यालय गौर भित्र कैदी बन्दीहरु चरम यतना भुग्दै असुरक्षित महसुस गरेको बताएका छन् । चौकीदार पवन यादव कारागार भित्रका कैदी बन्दीहरु लगायत महिला कैदी बन्दीहरुबाट आफ्नो स्वार्थ पुर्ती हुन नपाउदा विभिन्न किसिमको यतना दिने अशब्द भाषा (रण्डीहरू) जस्तो शब्द प्रयोग र शोषण गर्ने गरेको कैदी बन्दी शोभा यादवले बताएका छन । धेरै कैदी बन्दी महिलाहरूले अहिले केही सत्य बोल्यो भने पछि हामीलाई भित्र धेरै किसिमको यतना दिन्छ भने डरले बोल्न सकेनन् ।

जिल्ला कारागार कार्यालय गौरबाट बारम्बार जेल बाहिर बारा जिल्ला भटिनिया गाउँका पवन यादव ब्राउन सुगर कारोबारी मुदामा १५ वर्ष जेल र ५ लाख जुर्माना सहित सजाय भिगिरहेको कैदी खुल्लेयाम घुमी रहने विषयको खबर पाए पछि आज रौतहट क्षेत्र न .२ का विधायक किरण शाह बुझन गएको थियो । कारागारको अवस्था बारे कैदी बन्दीहरु संग बुझदा विभिन्न समस्याहरु बताएका छन् ।

कैदी मोहन साह कानु (देवाही गोनाही नपा ५ ), बिष्णु यादव जेल भित्र दर्जनभन्दा बढी कैदीहरूबाट कैदी चौकीदार पवन यादवले १ देखि ५ लाख सम्म रकम लिएको र उहाँको ग्रुपमा रहेका सहयोगी नाइकेहरूले कैदीहरूको घरबाट आफन्तले रकम लिएर आउछन् त्यो रकम गेटमा खोसि हाल्छ पछि माग्दा दिदै उल्टै धम्की दिन्छ, सबै नाइके मिलेर कुटपिट समेत गर्छ भने बताए ।

नाईकेहरूले कारागार भित्र एउटा समूह संचालन गरेका छन् उनीहरूको यति धाकधम्की चल्छ कि भित्र जेसुकै गर्न सक्छन अनि गरेको पनि छ कसैले डरले बोल्दैन बोल्यो भने सिधै ३ देखि ४ जना नाईके मिलेर पाइपले शरीरमा दाग नदिख्ने गरि हिसाबले कुटपिट गर्छन् अनि कहै कतै केही गुनासो गर्यो भने धेरै एतना दिने गरेको बताए ।

कैदी बिष्णु यादवका अनुसार जेलभित्र कोही कैदी स्वतन्त्र छैन, चौकीदार पवन यादव र जेलर शम्भु यादवको डरले थरथर काप्ने गर्छन् । मसँग जेलमा सहयोग हुन्छ भनेर पवन यादवले १ लाख ३० हजार रकम लिएको उनले बताए । मनोज बैठासँग मुद्दाको काम गराइदिने मुद्दामा सहज बनाउने भनी कैदी चौकीदार पवन यादवले ४ लाख रुपैया लिएको छ रकम फिर्ता माग्दा धम्की दिने कुटपिट गर्ने गरेका छन् ।

कैदी रामबाबु पासवानसँग ४ लाख ३० हजार यादवले लिएको बताए । खाना पिनाको धेरै समस्य छ डबल स्केलको दरले ८ सय ५० रूपैया एक सप्ताहमा तिरिन्छ तर खाना भनेको जस्तो खुवाउदैन । कैदी बन्दीहरूले भित्र भइरहेको गलत क्रियाकलापको बिरोधका केही बोल्यो भने सरूअवाको डरत्रास देखाएर शोषण गरिरहेका छन् ।

नेपाल सरकारबाट आएको चिसोको न्यानो कपडा, पोष्टिक तत्व अहारको रकम सबै जेलर शम्भु यादव र नाईक पवन यादवले मिलेर खाइसकेका छन् । कैदीको लागि भित्र उपलब्ध अौषधी एउटा पनि पाउदैन यहाँ अौषधीको नाममा एउटा सिटौलामोल समेत पाउदैन तर रकम सरकारबाट आइनै रहेको छ ।

कारागार भित्र राणा शासन भन्दा ठूलो शासन जेलर र चौकीदार यादवको चलाई रहेको बताए । कारागार भित्र आवाज उठाउने माथि विभिन्न दबाब दिने र रातिको समयमा षड्यन्त्र पूर्ण तरिकाले कुट्ने गर्छन् । गलत गतिविधिको बारेमा कसैले बोल्न चाहे भनेर वाइरिङ्ग गर्ने कालो पाइपले कुटपिट गरि चरम एतना दिने गरेको उनीहरु खुलाशा गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here