जनकपुरधाम ३१ असार ।। जनकपुरधाममा प्रहरीले स्वास्थ्य सामग्रीको अवैध कारोबार भइरहेको आशंकामा छापा मारेर स्वास्थ्य सामग्रीसहित तीनजनालाई नियन्त्रणमा लिएको छ । जनकपुरधाम उपमहानगरपालिका ९ संकटमोचन मन्दिर नजिकै रहेको एउटा फ्ल्याटमा डीएसपी दिपक राई नेतृत्वको टोलीले स्वास्थ्य सामग्रीको गोदाममा छापा मारेको हो।

प्रहरीले उक्त फ्ल्याटबाट ठूलो परिमाणमा स्वास्थ्य सामग्रीहरु, एउटा भारतीय नम्बर प्लेटको कार र तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । तीन जनाध्ये एक जना भारतीय डाक्टर रहेको बताइएको छ । डीएसपी राइले मेडिकल समानहरु बरामद भएकाले तत्काल कति बराबरको भन्न नसकिने बताए ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको धनुषा प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here