काठमाडौं, २६ साउन ।। अर्थमन्त्री डा. प्रकाशशरण महतले महिला औद्योगिक पार्क अवधारणा अगाडि बढेको बताएका छन् । शुक्रबार दक्षिण एसियाली महिला मञ्चले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री डा. महतले महिला औद्यौगिक पार्कको अवधारणा महत्वपूर्णका साथ अघि बढिसकेको बताएका हुन् ।

‘महिला औद्योगिक पार्क अवधारणा अगाडि बढिसक्यो,अब कसैले रोक्न सक्दैन । सुन्दा यो सामान्यजस्तो लाग्छ। पछि मान्छेले थाहा पाउँछन् । यो दुरगामी अवधारणा हो । महत्वपूर्ण सुरुवात भएको छ,यसलाई कार्यान्वयनमा लैजानुपर्छ,उनले भने,’ देशैभरि यसको सञ्जाल विस्तार गर्नुपर्छ । अर्थमन्त्री महतले ग्रामीण र आधु्निक अर्थतन्त्रमा महिलाको भूमिका वृद्धि भइरहेको बताए ।

‘नेपालमा धेरै ठूलो संख्यामा युवाहरु विदेशिन्छन् । महिलाको तुलनामा पुरुषको संख्या ठूलो छ । त्यसैले यहाँ कसैले स्थिरता दिनसक्छन् भने त्यो महिलाले मात्र दिन सक्छन्,’ मन्त्री डा.महतले भने,ग्रामीण र आधुनिक अर्थतन्त्रमा महिलाको भूमिका वृद्धि भइरहेको छ । यसलाई राज्यले प्राथमिकताका साथ प्रवद्र्धन गर्नुपर्छ ।

देशैभरि लघु उद्यम व्यवसायमा महिलाको सहभागिता बढ्दै गएको भन्दै अर्थमन्त्री महतले महिलाहरूले नै घर–घरमा उत्पादन भएका विभिन्न सामाग्री व्यवसायीले निर्यात गरिरहेको बताए ।

महतले भने, ‘अहिले कृषि व्यवसायमा धेरै ठूलो सम्भावना देखिएको छ । डिटिजल संसारले एउटा अवसर पनि दिएको छ । बजारिकरण सहजै रुपमा गर्न सकिन्छ । महिला उद्यमीहरुले उत्पादन गरेको वस्तुको प्रविधिलाई भरपूर उपयोग गरेर बजारीकरण गर्नुपर्छ ।

सा–सानो स्केलमा उत्पादन भएको वस्तुलाई संकलन गरेर उपभोक्तामाझ पुर्‍याउनुपर्ने उनको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here