रौतहट ३० असार ।। रौतहट जिल्लाको दुर्गा भगवती गाउँपालिकाको ६ जना बालक बिहानै बागमती नदीमा नुहाउन गएका मध्ये तिन जना बालक वेपत्ता भएको आशंका गरिएको छ । दुर्गा भगवती गाउँपालिका वडा नम्वर १ स्थित वागमती नदीमा निर्माणाधिन पुल नजिक लुगा, पाठ्यपुस्तक, साइकल बरामद भएपछि तीन जना बालक वागमती नदीमा वेपत्ता भएको हुन सक्ने आशंका गर्दै गाउँपालिका अध्यक्ष शम्भु सिंह, वडाध्यक्ष धर्मेन्द्रकुमार झा सहितको जनप्रतिनिधिहरु र नेपाल प्रहरी, सशस्त्र प्रहरीको रेक्स्यु टोली बागमती नदीमा व्यापक रुपमा खोजी कार्यलाई जारी राखेको बताएका छन् ।

आशंका गरिएको घटनास्थलबाट करिव ५ किलोमिटर दक्षिण तर्फ सम्म खोजी कार्य गरिएको तर अहिले कुनै सफलता प्राप्त हुन सकेको छैन । नेपाल भारत सिमा क्षेत्रमा समेत सुरक्षाकर्मी परिचालन गरिएको छ र खोजी तलास कार्य जारी रहेको दुर्गा भगवती गाउँपालिका अध्यक्ष शम्भु सिंहले बताए छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here