काठमाडौं २३ असार ।। प्रधानमन्त्री शेरबहादुर देउवालाई निर्वाचन आयोगको टोलीले भेटेर मंसिर २ गते प्रतिनिधि सभाको चुनाव गर्न प्रस्ताव गरेको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया नेतृत्वको टोलीले आगामी निर्वाचनको मिति प्रस्ताव गर्न प्रधानमन्त्री देउवासँग भेटघाट गरेको थियो ।

थपलियाका अनुसार मंसिर २ गते एकै चरणमा निर्वाचन गर्न प्रस्ताव गरेको बताए । तयारीमा १२० दिन चाहिने भएकाले सो मिति प्रस्ताव गरेको उनको भनाइ छ । जवाफमा प्रधानमन्त्री देउवाले स्थानीय तहको चुनाव शान्तिपूर्ण गरेकोमा आयोगलाई धन्यवाद दिए ।

प्रधानमन्त्री देउवाले मंसिर २ कै सेरोफेरोमा एकै चरणमा तलमाथि नहुने गरी उपयुक्त मिति तोक्ने बताएको प्रमुख निर्वाचन आयुक्त थपलियाले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here