रौतहट ०९ माघ ।। रौतहट जिल्ला नेकपा एमाले पार्टीका नवनिर्वाचित पदाधिकारीहरुले पदभार ग्रहण गरेका छन् । नेकपा एमालेका नवौँ जिल्ला अधिवेशनबाट सर्वसहमत रुपमा चुनिएका पदाधिकारीहरुले पदभार ग्रहण गरीएको छन् । नेकपा एमाले पार्टीका कार्यलयमा औचारिक कार्यक्रम गरि पदभार ग्रहण गरेका छन् । माघ २ गते जिल्लाको कटहरीयामा सम्पन्न जिल्ला अधिवेशनले सर्व सहमत रुपमा नया कमीटि गठन गरेको थियो ।

आइतबार जिल्लाको सदरमुकाम गौरमा अवस्थित पार्टी कार्यालयमा नवनिर्वाचित पदाधिकारीहरुले पदभार ग्रहण गरेका हुन् । नेकपा एमाले रौतहटको नवौँ जिल्ला अधिवेशनबाट सर्वसहमत रुपमा चुनिएका पदाधिकारीहरुले पदभार ग्रहण गरीएको एमाले रौतहट जिल्ला उप-सचिव युवा नेता रूपेश कुमार पटेलले बताएका छन् । पदभार ग्रहण गर्दै अध्यक्ष साहले अब नेकपा एमालेलाई रौतहट जिल्लामा एक नम्बरको पार्टि बनाउने जिकिर गरे,नेकपा एमालेलाई रौतहट जिल्लामा एक नम्बरको पार्टी बनाउन सबै आम कार्यकर्ता एकजुट भएर लाग्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

अध्यक्ष साहले गाउँ, नगर प्रदेश अनि देशको विकास नेकपा एमालेले मात्र गर्न सक्ने जनाउँदै नेकपा एमालेलाई अब हुने तिनै तहको निर्वाचनमा रौतहटमा पहिलो पार्टी बनाउने लक्ष्य सहित आफुहरुले काम गर्ने बताउनुभयो । पदभार कार्यक्रममा नेकपा एमालेका नेताहरु अब्दुल कलाम आजाद, उपेन्द्र साह, जयचन्द पटेल, राम किशोर साह, मौलापुर नगरपालिकाकी नगर प्रमुख रिना साह, कटहरिया नगरपालिकाका नगर प्रमुख सियाराम कुशवाह, पवन पटेल,निवेश यादव, लगायतको उपस्थिति रहेको थियो । नवौँ जिल्ला अधिवेशनले साहको अध्यक्षतामा १ सय ३५ सदस्य जिल्ला कमिटिको सर्वसहमत चयन गरेको थियो । कमिटिको उपाध्यक्षमा दिपक यादव, सचिवमा बाल बिक्रम कार्की, उपसचिवमा पलट चौधरी र रुपेश पटेल रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here