रौतहट ०८ चौत ।। रौतहट जिल्लाको राजदेवी नगरपालिकामा विश्व कल्याण हेतु विष्णु परायण श्री सिताराम नाम नवाह महायज्ञ आज देखी शुरु भएको छ । जिल्लाको राजदेवी नपा वडा न ८ लक्ष्मीपुर बेलविछवा सम्पूर्ण गाउँबासीको आयोजनमा श्री विष्णु परायण श्री सिताराम नाम नवाह महायज्ञ आजदेखि सुरू भएकाे छ ।

महायज्ञकाे लागि बाजागजाका साथ आज विशाल कलश शाेभा यात्रा निकालिएको थियो । कलश शाेभा यात्रामा पाँच सय भन्दाबढी कुमारी कन्या लगायत १०० औ भक्तजनहरुको सहभागिता रहेकाे थियाे ।

यज्ञस्थलबाट निकालिएकाे शाेभा कलशयात्रा लक्ष्मीपुर बेलविछवा, ब्रह्मपुरी हुदै नपाको वडा नं ९ ब्रह्मपुरी स्थित बागमति नदिको तटमा जल भरेर पुनः यज्ञस्थलमा फर्किएको पुजा समितिका स्वमसेवक संयोजक कृष्ण यादवले जनाएकाे छ ।

कलश यात्रामा सुरक्षाका लागी सुरक्षाकर्मी लगायत अपतकालिन अवस्थाका लागी एम्बुलेंस समेत रहेको थियो ।

कलश यात्रामा राजदेवी नगरपालिका नगर प्रमुख भिखारी प्रसाद यादव उपप्रमुख राजकुमारी शाह, पुजा समिति अध्यक्ष लगायत भक्तजनहरुको सहभागीता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here