काठमाडौँ, ०८ मंसीर ।। मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको आईपीओ शुक्रबारदेखि सर्वसाधारणका लागि खुल्ला भएको छ । कम्पनीले आफ्नो जारी पुँजी ७० करोड रुपैयाँको २० प्रतिशतले हुन आउने १४ करोड रुपैयाँ बराबरको सेयर निष्कासन गरेको हो ।

जसमध्ये, पहिलो चरणमा कम्पनीले १० प्रतिशत बराबर १ करोड ४० लाख रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ अङ्कित मूल्यको १ लाख ४० हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरी बाँडफाँट गरिसकेको छ ।

यस्तै दोस्रो चरणमा कम्पनीले ४२ हजार कित्ता सेयर कर्मचारीहरू र ७० हजार कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्टाएको छ भने बाँकी रहेको ११ लाख ४८ हजार कित्ता सेयर सर्वसाधारण लगानीकर्ताहरूका लागि खुल्ला गरिएको छ ।

इच्छुक लगानीकर्ताहरूले मङ्सिर १२ गतेसम्म कम्पनीको आईपीओका लागि आवेदन दिन सकिनेछ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ता सम्मका लागि आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here