मंसिर ७ काठमाडौं । खराब मौसमको कारण आन्तरिक उडान प्रभावित भएको छ । विभिन्न विमानस्थलमा बाक्लो हुस्सु लागेसँगै आन्तरिकतर्फको उडान मंगलबार बिहानैबाट प्रभावित भएको छ ।

कम भिजिविलिटीका कारण काठमाडौंबाट तुम्लिङटार, पोखरा र जनकपुरका लागि निर्धारित उडानहरु डिले (ढिलाइ) भएको काठमाडौं विमानस्थलले जनाएको छ । बुद्ध एयरले समेत यी गन्तव्यको उडान सुरु हुन नसकेको जानकारी यात्रुहरुलाई गराएको छ ।

प्रतिकूल मौसम र कम भिजिविलिटीका कारण कतिपय विमानस्थल ढिला खुलेको र कतिपय अझै नखुलेको भन्दै कम्पनीले यसले उडान प्रभावित भएको जनाएको छ । विमानस्थल कार्यालयका अनुसार अन्य विमानस्थलमा भने उडान भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here