काठमाडौं २८ असार ।। संघीय संसदअन्तर्गत आज (मंगलबार) राष्ट्रिय सभाको बैठक बस्दैछ । बैठक बिहान ११ बजे शुरु हुनेछ । बैठकमा राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयालले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त फौजदारी कसुर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने विधेयक, २०७९ सभा समक्ष टेबुल गर्ने सम्भावित कार्यसूची छ ।

यस्तै सामाजिक सुरक्षा (पहिलो संशोधन) विधेयक, २०७९, नेपाल प्रहरी तथा प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय) (पहिलो संशोधन) विधेयक २०७९ र खानेपानी तथा सरसफाई विधेयक, २०७६ टेबुल गर्ने र गृहमन्त्री बालकृष्ण खाँणले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त तेजाब तथा अन्य घातक रासायनिक पदार्थ नियमन विधेयक २०७९ माथिको दफाबार छलफल सदनमा गरियोस् भन्ने प्रश्ताव प्रस्तुत गर्ने तथा तेजाब तथा अन्य घातक रासायनिक पदार्थ नियमन विधेयक २०७९ पारित गरियोस् भन्ने प्रश्ताव प्रश्तुत गर्ने सम्भावित कार्यसूची छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here