पुस २२ धनुषा ।। धनुषाबाट स्रोत नखुलेको ३८ लाख ३५ हजार नेपाली रुपैयाँसहित एक युवक सशस्त्र प्रहरीको फन्दामा परेका छन् ।धनुषाको लक्ष्मीनिया गाउँपालिका वडा नं. १ सिनुरजोडा बस्ने २३ वर्षीय अमित कुमार यादव सो परिमाणको रकमसहित बिहीबार पक्राउ परेका हुन् ।
बिहीबार दिउँसो १२ः५० बजेको समयमा भारतबाट नेपाल भित्रिरहेको अवस्थामा धनुषाको नगराइन नगरपालिका २ स्थितबाट यादवलाई स्रोत नखुलेको सो परिमाणको रकमसहित पक्राउ गरेको सशस्त्र प्रहरी प्रदेश २ का प्रमुख डिआइजी गणेश ठाडाले टुडेपाटीलाई जानकारी दिए ।
प्रदेश २,०२,०० १ प ०४८०८ नम्बरको अपाचे मोटरसाइकलको ट्यांकी भित्र लुकाएर ल्याउँदै गरेको नगद विशेष सुराकीको आधारमा नियन्त्रणमा लिएको हो ।

ट्यांकी भित्र चेकजाँच गर्दा यादवसंग स्रोत नखुलेको ३८ लाख ३५ हजार नेपाली रुपैयाँ बरामद भएको डिआइजी ठाडाले बताए ।

पक्रउ यादवमाथि थप अनुसन्धान गरी कारबाही प्रक्रिया अघि बढाउने तयारी भइरहेको सशस्त्र प्रहरीले जनाएको छ । उनी हुण्डीकारोबारी हुन सक्ने प्रहरीको आशंका छ ।