महोत्तरी, १३ भदौ ।। स्रोत नखुलेको २५ लाखभन्दा बढी रकमसहित महोत्तरी प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको विहार राज्य जिल्ला सितामढी ग्रामपंचायत बेला मचपकौनी बस्ने ३७ वर्षीय विनय साह रहेको जिल्ला प्रहरी कार्यालय माहोत्तरीले जनाएको छ ।

मंगलबार दिउँसो मनराशिस्वा नगरपालिका ३ स्थित सुनौल ग्रामिण सडक खण्डमा विशेष सुराकिको आधारमा जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकी ईटहर्वाकट्टीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा साहलाई २५ लाख १० हजार रुपैयाँसहित नियन्त्रणमा लिएको प्रवक्ता प्रहरी नायव उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिए ।

साहले चलाई आउँदै गरेको बिआर ३० एस ८५८९ नम्बरको मोटरसाईकलको सिट मुनि लुकाई छिपाई राखेकोको अवस्थामा रकम बरामद गरिएको हो ।

बरामद गरिएको रकमसहित पुरुषलाई आवश्यक कारवाहीका लागि जलेश्‍वर भन्सार कार्यालय मलिवारा पठाउने प्रकृया भईरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यसअघि सोमबार समेत एकजना भारतीय नागरिक २६ लाखभन्दा बढी रकमसहित पक्राउ परेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here