काठमाडौं, १५ असोज ।। नेपाल क्वाटर फाइनल खेल भोली भारतसँग टी–२० खेल्ने छ । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टिमले भारतसँग पुनः खेल्ने भएको छ । एसियाली खेलकुद प्रतियोगितामा क्वाटरफाइनल प्रतिद्वन्द्वीको रूपमा नेपालले भारतलाई पाएको छ।

समूहचरणमा विश्वकीर्तिमानी इनिङ खेल्दै क्वाटरफाइनल पुगेको नेपालले एसियाडको उपाधि दाबेदार भारतसँग अब क्वाटरफाइनलमा भिड्ने तय भएको हो ।

सोमबार भएको ‘ड्र’मा नेपालले भारत प्रतिद्वन्द्वी पाएको हो। सोझै क्वाटरफाइनल पुगेका टेस्ट राष्ट्रहरू मध्येमा क्वाटरफाइनल प्रतिद्वन्द्वी गोलाप्रथाबाट चयन गरिएको थियो ।

नेपालका कप्तान रोहित पौडेलले तानेको चिठ्ठामा भारत प्रतिद्वन्द्वीका रूपमा रहन सक्यो । नेपालले समूह चरणमा माल्दिभ्स र मंगोलियालाई हराएको थियो ।

नेपाल र भारतबीचको क्वाटरफाइनल खेल मंगलबार हुनेछ। भारतले एसियाडमा राष्ट्रिय टिममा अनुभव बटुलिसकेका खेलाडीहरूलाई पठाएको छ ।

एसिया कपमा भारतविरुद्ध ब्याटिङ गरेको नेपाल दोस्रो पटक भारतसँग भिड्न लागेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here