काठमाण्डाै, १९ भदौ ।। ऐतिहासिक पदक विजेता पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई काठमाण्डौ महानगरपालिकाले नगद ५ लाख रुपैयाँ सहित सम्मान गरेको छ ।

महानगरका मेयर बालेन्द्र शाह र उपमेयर सुनिता डङ्गोलले पेरिस पारालिम्पिक्समा कांस्य पदक विजेता पलेशालाई पाँच लाख र प्रशिक्षक कविराज नेगीलाई तीन लाख रुपैयाँसहित सम्मान गर्नुभएको हो । आज बिहान स्वदेश फर्किएकी पलेशालाई यसअघि राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नगर परिक्रमा गराएको थियो ।

पेरिस पारालिम्पिक्समा पलेशाले के ४४ विधाअन्तर्गत महिला ५७ केजीमुनिको प्रतिस्पर्धामा सर्बियाकी खेलाडीलाई हराउँदै ऐतिहासिक कांस्य पदक जितेकी थिइन् । ओलम्पिकमा नेपाली खेलाडीले जितेको यो पहिलो पदक हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here