सर्लाही, १४ असोज ।। सर्लाहीको मलंगवामा साथी लाई आफ्नो कोठामा बोलाएर सामुहिक बलात्कार गरेको आरोपमा दुई फक्राउ परेका छ भने एक जना फरार रहेका छन् । मलंगवा नगरपालिकामा अध्ययनरत दुईजना छात्रा संग सामुहिक बलात्कार गर्ने तिन जना मध्ये दुई जनालाई सर्लाही प्रहरीले पक्राउ गरेपनि एकजना अझै फरार रहेका हुन् ।
धनुषा जिल्ला सहिद नगरपालिका वडा नम्वर ४ मौरिया टोलका अनिकित कुमार यादव र पर्सा जिल्ला पटेर्वा सुगौलीका सुजित चौधरीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । भदौ ३१ गते राति उनीहरुले बलात्कार गरेको भन्दै मलंगवा नगरपालिका–२ स्थित एक कलेजमा अध्ययनरत दुई छात्राले असोज ९ गते जिल्ला प्रहरी कार्यालय मलंगवामा किटानी उजुरी दिएका थिए ।
आरोपित र पीडित मलंगवा–२ को एउटै घरमा भाडामा बसेर अध्ययन गर्दै आएका थिए । टेक्नीकल इन्ष्टिच्यूटमा फार्मेसी दोस्रो वर्ष पास भएको उपलक्ष्यमा धनुषा जिल्ला सहिद नगरपालिका वडा नम्वर ४ मौरिया टोलका अनिकित कुमारले भोज खान बोलाएर सामूहिक बलात्कार गरेको उजुरीमा उल्लेख गरिएको प्रहरी श्रोतबाट बुझिाएको छ ।
सर्लाही घर भएका फरार एक जना आरोपितको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी दिपेन्द्र पंजियार थारुले जानकारी दिए । घटना भएको समयमा मलंगवा नगरपालिकामा दुई समुदाय विच भएको झड्पका कारण अशान्त भएको कारण उजुरी गरेको थिएन ।
मलंगवाको अवस्था साम्भ भएपछि ति तिन जना विरुद्ध कानुनी कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय सर्लाहीमा लिखित उजुरी गरेर न्यायको लागि गुहार लगाएकी पिडिताले बताइन् ।