पुस २२ राैतहट ।। विश्वभरी प्रभाव परेको कोरोन भईरस बिरुद खोप कार्यक्रम नेपालै सुरु रहेको छ । कार्यक्रमा प्रदेस न .२ को ८ जिल्लाहरु मधये रौतहटको स्थानियतह हरुको गौर नगरपालिकाले ७३ प्रतिशत खाेप लगाई सकेको र १२ देखि १७ वर्ष सम्मको बालबालिकाहरु खोप लगाई रहेको जनकारी गराएका छन । कोरोना भाइरसकाे नयाँ भेरियन्ट फेला परेसँगै खाेप दिने कार्यक्रमलाई सरकारले तिव्र गति दिएकाे छ ।

राैतहटकाे गाैर नगरपालिका सबैभन्दा बढी खाेप दिने पालिका बनेकाे छ । प्रदेश अन्तरगत एक तथ्यङ्कका अनुसार हाल सम्म गाैर नगरपालिकाले ७३ प्रतिशत खाेप बितरण गरि सकेकाे देखिएकाे छ ।

सन् २०१९ मा सार्वजनिक भएकाे जनगणना अनुसार गाैर नगरपालिका भित्र १८ वर्ष र साे भन्दा माथि २९ हजार ३ सय ७३ जना बसाेबास गर्छन् । जसमध्ये २१ हजार ३ सय ८३ जनाले काेराेना भाइरसकाे दुवै चरणकाे खाेप लगाइसकेका छन् ।

हाल सम्म प्रदेश २ मा काेराेना भाइरसकाे कारण २ सय ६७ जनाकाे मृत्युु भइसकेकाे छ । नेपालकाे तथ्यङ्कका अनुसार नेपालमा कुल ११ हजार ६ सय १ जनाले ज्यान गुमाइसकेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज दुई लाख ४६ हजार ३८५ जनाले खोप लगाएको जानकारी दिइन्। अहिलेसम्म कोरोना भाइरसविरुद्धको खोपको पहिलो मात्रा एक करोड ४७ लाख १७ हजार २२६ जना र पूर्ण मात्रा एक करोड आठ लाख चार हजार ४१३ जनाले लगाइसकेका छन्।

गाैर नगरपालिकाले ओमिक्राेनबाट हुने संक्रमणलाई न्यून गर्न खाेप कार्यलाई प्राथमिक्ता दिइएकाे नगरपालिकाका नगरप्रमुख अजय कुमार गुप्ताले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here