एजेन्सी, २१ पुस ।। अस्ट्रेलियाले पाकिस्तानसँगको टेस्ट क्रिकेट शृङ्खलामा क्लिन स्वीप गरेको छ । तेस्रो तथा अन्तिम खेलमा घरेलु टोली आठ विकेटले विजयी भयो । यसअघि पर्थमा भएको पहिलो टेस्ट ३ सय ६० र मेलबर्नमा भएको दोस्रो टेस्ट ७९ रनले जितेको अस्ट्रेलियाले शृङ्खला ३–० ले आफ्नो पक्षमा पारेको हो ।

जितका लागि एक सय ३० रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले दुई विकेट गुमाएर चौथो दिन पहिलो सेसनमै भेट्टायो । उसका मार्नस लाबुसेन ६२ रनमा अविजित रहे । आफ्नो अन्तिम टेस्ट खेलेका डेविड वार्नर ५७ रनमा आउट भए । वार्नरले अब अष्ट्रेलियाको टोलीबाट टी–२० मात्रै खेल्नेछन् । उनले टेस्ट र एकदिवसीयमा यसअघि नै सन्यासको घोषणा गरेका थिए ।

सिड्नीमा टस जितेर पहिला ब्याटिङ गरेको पाकिस्तानले पहिलो पारीमा अलआउट हुँदै ३ सय १३ रन बनाएको थियो । तर अस्ट्रेलियाले २ सय ९९ रन जोडेको थियो । अस्ट्रेलिया १४ रनले पछि परेको अवस्थामा पाकिस्तानको दोस्रो पारी कमजोर रह्यो । पाकिस्तान १ सय १५ रनमा अलआउट भयो ।

एक सय २९ रनको अग्रता अस्ट्रेलियाले दुई विकेट गुमाएर पूरा गर्यो । उसका ओपनर उस्मान ख्वाजा खाता नै नखोली आउट भएका थिए । पाकिस्तानका साजिद खानले दुई विकेट लिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here