k|ltlglw;ef a}7sdf ;f+;b yfkf sf7df8f}F, @* h]7M ;‹Lo ;+;b ejg gofFafg]Zj/df cfOtaf/ a;]sf] k|ltlglw;ef a}7sdf ;/sf/n] k|:t't u/]sf] ah]6 dflysf] 5nkmndf ;xefuL ;f+;b uugs'df/ yfkf . tl:a/ M gjLg kf}8]n÷/f;;

काठमाण्डाै, १९ असोज ।। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विद्यालय शिक्षा विधेयकले संविधान र पाठ्यक्रमले गरेको अपेक्षा पूरा गर्नुपर्ने बताउनुभएको छ । आज शुक्रवार प्रतिनिधिसभामा विद्यालय शिक्षा विधेयक २०८० विचार गरियोस् भन्ने प्रस्तावमाथिको छलफलमा महामन्त्री थापाले संविधान र पाठ्यक्रमले गरेको अपेक्षा पूरा गरेमात्रै शिक्षा विधेयकले सार्थकता पाउने बताउनुभएको हो । उहाँले विद्यालयमा पढिरहेको विद्यार्थी पढिसकेपछि त्रिभुवन विश्वविद्यालयतिर जान्छु भन्ने नभई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलतिर जाने गरेको बताउनुभयो ।

थापाले विद्यालय शिक्षा विधेयकलाई टुङ्गोमा पुर्‍याउनुपर्ने जिम्मा अब सांसदको हातमा रहेको बताउनुभयो । उहाँले उल्टाे भएकाे विधेयकलाई वृहत् छलफल गरेर सुल्टो बनाउन जरुरी रहेको बताउनुभयो । शिक्षण पेसालाई आकर्षक, मर्यादित पेसा बनाउनुपर्ने उहाँको भनाइ छ । उहाँले एक वर्ष नै लागे पनि यो संसदले विधेयक बनाइसकेपछि अर्को १५/२० वर्ष नेपालको विद्यालय शिक्षालाई यसले मार्गदर्शन गर्ने दाबी गर्नुभयाे ।

उहाँले भन्नुभयो, ‘विद्यालयमा पढिरहेको विद्यार्थीलाई पढिसकेपछि त्रिभुवन विश्वविद्यालयतिर जान्छु भन्ने नभई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलतिर जान्छु भन्ने रहर हुन्छ । अर्थात् त्यहाँभित्र प्रेरणा पनि छैन । ५० जना भन्दा कम विद्यार्थी भएको विद्यालयकाे सङ्ख्या छ हजारभन्दा बढी छ । विद्यार्थी र शिक्षक सम्पूर्ण रूपमा पुगेको विद्यालय सङ्ख्या छ सय वटा पनि पुग्दैन । अपेक्षा, अवस्था दुई वटै कुरा नहेरिकन यो विधेयक आएको छ । अब यसलाई सच्याउने संसद्को काम हो, हाम्रो काम हो ।

यो समितिमा जान्छ आज । समितिमा गएपछि हामीले हतार नगरि काम गर्नुपर्नेछ । दुई महिना लागोस्, पाँच महिना लागोस्, साथीहरूले जनतामा लैजानुपर्छ भन्नुभएको छ, समितिले पनि त्यो काम गर्नसक्छ । सबै सरोकारवालालाई बोलाउन सक्छ, छलफल गराउन सक्छ । उल्टो भएको विधेयकलाई वृहत् छलफल गरेर सुल्टो बनाउनुपर्नेछ । विद्यार्थीलाई केन्द्रमा राख्नुपर्नेछ । शिक्षण पेसालाई आकर्षक पेसा, मर्यादित पेसा बनाउनुपर्नेछ ।

महामन्त्री थापाले विद्यालय शिक्षा विधेयकलाई सङ्घीयतासँग जोड्न आवश्यक रहेकाे बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here