रौतहट, १९ असोज ।। रौतहट जिल्लाको माधवनारायण नगरपालिकाले विभिन्न बाधा अर्चन लाई विथोल्दै आठौं औं नगर सभा अधिवेशन बाट शुक्रबार बर्सिक बजेट सभ्य एवं भब्य रुपमा प्रस्तुत गरेको हो । राजनितिक दलका निर्वाचित जनप्रतिनिधिको असन्तुष्टिका कारण नेपाल सरकारको नियम अनुसार असार १० गतेमा आर्थिक वर्ष २०८०/०८१ को निति कार्यक्रम ल्याउन नसकेको नगरपालिकाले केहि जनप्रतिनिधिको असन्तुष्टिका कारणले आज बहुमतका साथ नगर सभा संम्पन्न गरेको हो ।

नगर सभामा आर्थिक बर्ष २०८०/०८१ को चौतर्फी विकासको लागि करिब ५३ करोड३० लाख ४४ हजार बराबरको निति तथा कार्यक्रम प्रस्तुत गरेका छन । नगर सभा सदस्य तथा कार्यपालिका सदस्यहरुको उपस्थतिमा भएको अधिबेसनमा माधवनारायण नगरपालिकाका नगर प्रमुख बैधनाथ राय यादवले प्रस्तुत गरेको निति तथा कार्यक्रममा शिक्षा ,स्वास्थ्य ,कृषि क्षेत्रको बिकाशमा विश्वस रुपले जोड़ दिएका छन् ।

१५ शैया प्राथमिक स्वास्थ्य केन्द्रको लागि जग्गा खरीद तथा व्यवस्थापन गरिने उल्लेख गरिएको छ । बेरोजगारी समस्या समाधान गर्नको लागि एक घर एक रोजगारको निति अवलम्बन गरिने लक्ष्य लिइएको छ। माधवनारायण नगरपालिकालाई सुन्दर , आकर्षक बनाउनका साथ पूर्वाधार विकास तर्फ सड़क विस्तार ,चौडाकरण अभियान संञ्चालन ,नाला निर्माण ,विधुतीकरण कार्यलाई प्राथमिकतामा राखिएको प्रमुख प्रशासकीय अधिकृत देवनाथ यादवले बताएका छन् ।

उक्त नगर सभा कार्यक्रममा नगर उपप्रमुख,लेखापाल रामबलम यादव ,नगरपालिकाका कर्मचारी, सम्पूर्ण वडाका वड़ा अध्यक्षहरु , सुरक्षाकर्मी , पत्रकार लगायत वड़ा सदस्य ,कार्यपालिका सदस्यहरु सहित समाजसेवी बुद्ध्जिवी लगायत भर्भलाअद्मिहरुको उपस्थति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here