रौतहट ३२ असार ।। रौतहटमा पत्रकारको नाममा असामाजिक तत्वहरुले दिन रत मेहेनेत गरेर समाजमा भएका विकृति तथा समस्याहरु लाई आम नागरिक लाई अवगत गराउने क्रियाशील पत्रकारहरूको चरित्र हत्या , ज्यान मर्ने धम्कि समेत गरिरहेको छ । जिल्लामा कार्यरत क्रियाशील पत्रकारहरू कृपया सावधानीको साथ आफ्नो कामकाज, उठ्ने, बस्ने राम्रो ठाउँ, भोजभतेरको प्रलोभन लगायत विभिन्न जालझेल गरि फेरि फसाउन अभियानमा केही पत्रकारको खालमा भेडिया षड्यन्त्र बनाइरहेका छन् । त्यसले भोलिको दिनमा पनि वास्तविक सत्यतथ्य लेख्न, बोल्ने र क्रियाशील रूपमा काम गर्दै आएको पत्रकारलाई देख्न सकेको छैन किन कि उ आफै विभिन्न किसिमका अपराधी क्रियाकलाप गरि त्यसैबाट पैसा कमाउने जुन माध्यम अपनाएको छ त्यसैले उसको नजरमा सत्य बोल्न र निडर भएर काम गर्ने संचारकर्मीसँग सधैं डाहमा हुन्छ ।

त्यहीँ अपराधी गतिविधिमा लागेको बहुरूपिया समाजको लागि क्यान्सर भन्दा ठूलो घातक सन्तुलन गुमाएका बउला कुकुरले आफुलाई पत्रकार भन्दै विभिन्न फेक फेसबुक आईडी , विभिन्न किसिमका गलत नाम राखी Foocebook Id बनाएर समाजका सभ्य व्यक्ति, राजनीतिकर्मी, कर्मचारी र सक्रिय पत्रकारलाई चरित्र हत्या गर्ने उदेश्यले जथाभावी अफवाह, गलत कुराहरू लेखेर, भिडियोहरू बनाएर वा फोटो र अडियो साउन्डहरू ईटिड गरि हालि आफू ठूलो कार्य गरेको ठान्दैछन् तर उसलाई थाहा छैन कि चोर जतिसुकै चतुर किन नहोस् उसले आफ्नो केही न कोही कमजोरी पक्कै छोडछन त्यस्तै त्यो फटहाको पनि लेखाइ, पोष्ट गर्ने तरिका र शब्दको प्रयोगले लगभग सबै वास्तविक पत्रकार ज्यूहरूलाई थाहा नै भइसकेको छ ।

त्यो अपराधी प्रवृत्तिका पत्रकारको खोलमा लुकेर समाजमा घुमिरहेका व्यक्तिले फेरि रौतहटमा केही युवा क्रियाशील पत्रकारहरूलाई फसाउने योजनामा केही राजनीतिक दलका त्यस्तै अपराधी मनोवृत्ति भित्र बस्ने नेताको इसारा र पुरै उच्चस्तरीय पहुँचको आडमा मोटरसाइकल, गाडी, रूम, झोला वा अफिसमा जुनसुकै तरिकाले नक्कली लागू अौषधी, जाली नोट, नक्कली हातहतियार, महिलाको ईडिट गरिएको फोटो, भिडियो, साउण्ड, गाजा, हफिम, चरस लगायतका अबैध सामाग्रीको प्रयोग गरिने ठूलो योजना बनाइरहेकोले यस्तो घटनाबाट बाच्न सजग, सतर्क र सावधान रहन आग्रह गर्दछु । साथै अपराधी चरित्रका सो ब्यक्तिहरु विपक्ष संग ठुलै प्रलोभनमा परि अहिले चिप्लो चिप्लो कुरा गरेर केही नवनिर्वाचित जनप्रतिनिधिहरु संग नजिकिएर वहाँहरुलाइ पनि विभिन्न षड्यन्त्रमा फसाउने खेल शुरु गरेकोले सो किसिमका ब्यक्तिहरुबाट जनप्रतिनिधि हरुपनी सावधान रहनु जरुरी रहेको देखिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here