काठमाडौं २१ असार ।। प्रतिनिधिसभामा विचाराधीन अवस्थामा रहेको नागरिकतासम्बन्धी विधेयक सरकारले फिर्ता लिएको छ । आज बसेको मन्त्रिपरिषद बैठकले नागरिकता विधेयक फिर्ता लिने निर्णय गरेको बैठकमा सहभागी एक मन्त्रीले जानकारी दिए ।

२०७५ सालमै सरकारले ल्याएको नागरिकता विधेयकमा प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले छलफल सकेर बहुमतले प्रतिवेदन पारित गरी प्रतिनिधिसभा बैठकमा पेश गरिसकेको छ ।

उक्त विधेयकमा नेपाली पुरुषसँग विवाह गरेर आउने विदेशी महिलालाई तत्कालै नागरिकता दिने वा ७ वर्षपछि दिने भन्ने विषयमा विवाद थियो ।

नागरिकता विधेयक पारित नहुँदा जन्मसिद्ध नागरिकका सन्तानले नागरिकता पाउन सकेका छैनन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here