बारा २२ असार ।। बाराको अमलेखगंजमा भएको हत्या प्रकरणमा चार जनालाई अदालतले जन्मकैद फैसला सुनाएको छ । निजगढ नगरपालिकाका लालध्वज लामा ‘सानू’ को हत्या आरोपमा बारा जिल्ला अदालतले केशवराज शिवाकोटी,बन्दना लामा, ‘संजय’ भनिने चक्रबहादुर तामाङ र जोखबहादुर स्याङतानलाई जन्मकैदको सजाय सुनाएको हो ।

न्यायाधीश सुमनकुमार न्यौपानेको इजलासले मंगलबारको इजलाशले यस्तो फैसला सुनाएको हो । २१ असार ०७७ मा अमलेखगंजस्थित ससुराली घरबाट बेपत्ता भएका लालध्वजको सोही असार २८ मा थानीमाई सामुदायिक वनको सिसौघारी जंगलमा मृत फेला परेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here