काठमाडौं १६ असार ।। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य आपतकालीन तथा विपद् व्यवस्थापन इकाइलाई तयारी अवस्था रहन निर्देशन दिएको छ । मन्त्रालयले बिहिबार सूचना जारी गरी मनसुनजन्य प्राकृतिक विपद्हरुसँग हैजाजन्य रोगलगायत संक्रमण फैलन सक्ने भएकाले इकाइलाई तयारी अवस्था रहन निर्देशन दिएको हो ।

मन्त्रालयले खानेपानी प्रदूषण भई सरसफाईमा चुनौती थपिनुका साथै जनस्वास्थ्यमा पर्नसक्ने क्षतिलाई न्यूनीकरण गर्न सबैले आफनो ठाउँबाट आवश्यक सावधानी लिन र तयारी अवस्थामा रहन आग्रह गरेको छ । स्वास्थ्य संस्थाहरुलाई आवश्यक सूचना सङ्कलन तथा निगरानी गरी तयारी अवस्थामा रहन मन्त्रालयले निर्देशन दिएको हो ।

यस्तै, मन्त्रालयले मनसुन पूर्व तयारी तथा प्रतिकार्य योजना तर्जुमा गरी स्वास्थ्य संस्थामा पठाइएको जनाएको छ । मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले विपद्का घटना महामारीलगायतका प्रतिकार्यका लागि तयारी एवं सतर्क रहन, स्वास्थ्यकर्मीहरुलाई तयारी अवस्थामा राख्न समन्वय गर्न आग्रह गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here