जनकपुरधाम ०३ फागुन ।। जयनगर रेल सेवा ठप्प भएको झण्डै साढे ७ वर्षपछि आईतबारदेखि बिना यात्रु संचालनमा आएको छ । न्यारोगेजबाट ब्रोडगेजमा स्तरोन्नति भए पनि रेलका पुरानो वहुमूल्य ईन्जिनहरु संरक्षणको अभावमा कवाडमा परिणत हुँदै गएको छ । नेपालले ती इन्जिनहरुको संरक्षणको लागि १७ वटा कर्मचारी खटाए पनि कर्मचारीहरुको लापरवाहीको कारण अर्बो मूल्य बराबरको सम्पति घाम र पानीले खिया लागेर नष्ट हुने अवस्थामा पुगेको छ । नेपाल रेल्वेको कारखानामा थन्काइएको ब्रम्हा, विष्णु, राम, सीता, गोरखनाथ,पशुपतिनाथ, महावीर लगायतका नाम दिइएको उक्त ईन्जिनहरु संरक्षणको पर्खाईमा देखिएको छ ।

विश्वमा कतै नभएको कोईलाबाट चल्ने रेलको इन्जिन २०३९ सालमा जनकपुरमा आएका बेलायतका एक रेल कम्पनीका मालिकले यो इन्जिन माग गरेपछि त्यसको महत्व बारे नेपाली जनताले बुझेका थिए । त्यसपछि स्थानीय जनताकै आग्रहमा सरकारले बेलायतलाई ती इन्जिन दिन अस्वीकार गरे । तत्कालीन सरकारले आफै म्युजिम बनाउने बताउँदै ती इन्जिन दिन अस्वीकार गरेको स्थानीय वुद्धिजिवीहरुको भनाई छ । ती पुराना ईन्जिनहरुलाई संरक्षणको लागि संग्रहालयको निर्माण आवश्यक रहेको स्थानीयहरुले बताउँछन् ।

संग्रहालयमा पुराना ईन्जिनहरुको संरक्षण गर्न सकेको खण्डमा त्यसले भविष्यमा आम्दानीको माध्यम पनि बन्ने सक्ने जानकार हरुको धारणा छ । यता, नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक झाले संघीय सरकारसँग नेपाल रेल्वे कम्पनी ४५ करोड माग गरेकोमा मात्रै २१ करोड रुपैयाँ दिएकोले तत्काल रेलका पुराना इन्जिनहरुको संरक्षणको लागि संग्रहालय बनाउन नसकिने बताए ।

‘म भन्दा पहिलाका महाप्रबन्धकले त्यसको बजेट माग गर्न सकेनन्, उनले भने,‘ तर आफूहरुले ४५ करोड माग्दा २१ करोड मात्रै पाए,त्यसैले तत्काल त्यसको काम हुन सकेको छैन । तर मन्त्रालयले पुराना ईन्जिनहरुको संरक्षणको लागि संग्रहालय निर्माण गर्न थप बजेट विनियोजन गरिने आश्वासन दिएको छ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here