काठमाडौं १३ असार ।। नेपालमा थप ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो सप्ताहको अपेक्षा यस सप्ताह कोरोना संक्रमण बढी पुष्टि भएको छ ।

देशभर गरिएको २ हजार ३ सय ३७ पिसिआर परिक्षणका क्रममा ३६ जना र १ हजार २१ एन्टीजेन परिक्षणका क्रममा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोनाका कारण सोमबार पनि कसैको मृत्यु भएको छैन ।

त्यस्तै थप २० संक्रमित निको हुँदा हालसम्म नेपालमा हालसम्म नेपालमा ९ लाख ६७ हजार ४ सय ९ जना निको भएका छन् । हाल नेपालमा २ सय ८ सक्रिय संक्रमित आइशोलेशनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here