एजेन्सी, ०९ असोज ।। ब्याजदर वृद्धिको प्रत्यक्ष असर बैङ्कहरूको कर्जा लगानी र नाफामा परेको छ । चालु आर्थिक वर्षको पहिलो महिना अर्थात् साउनमा बैङ्कहरूको कर्जा लगानी १६ अर्ब रुपैयाँले घट्न पुगेको हो ।

२०८० असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरूले ५७ खर्ब ७१ अर्ब रुपैयाँ निक्षेप सङ्कलन गर्दै ४८ खर्ब ७८ अर्ब कर्जा लगानी गरेकामा पछिल्लो साउन महिनामा उक्त लगानी घटेर ४८ खर्ब ६२ अर्बमा झर्न पुगेको हो ।

उसो त समीक्षा अवधिमा बैङ्कहरूको निक्षेप सङ्कलन समेत घटेर ५६ खर्ब १२ अर्ब रुपैयाँमा झरेको केन्द्रीय बैंकले जनाएको छ । गत असार मसान्तसम्ममा बैंकहरुले ५७ खर्ब ७१ अर्ब रुपैयाँ निक्षेप सङ्कलन गरेका थिए ।

आर्थिक वर्षको अन्तमा सबै संघ, संस्था, कम्पनी तथा फर्महरूको हिसाबकिताब बन्द (क्लोजिक) कारण पनि असार मसान्तमा डिपोजिट (निक्षेप) बढ्न गएको हो । तर, साउन लागेसँगै पुनः कारोबार सुचारु हुँदा बैंकबाट निक्षेप बाहिरिएको केन्द्रीय बैंकले जनाएको छ ।

नाफामा सङ्कुचन

समीक्षा अवधिमा बैङ्कहरूको कर्जा लगानी घटेसँगै यता नाफा समेत घट्न पुगेको छ । केन्द्रीय बैंकका अघिल्लो असार मसान्तको तुलनामा साउनमा बैंक तथा वित्तीय संस्थाहरूको नाफा ६.७९ प्रतिशतले घट्दै जम्मा १० अर्ब २२ करोड ५० लाख रुपैयाँ मात्र कमाएका छन् । जसमध्ये वाणिज्य बैङ्कहरूको नाफा ८ अर्ब ५२ करोड ५० लाख रुपैयाँ रहेको छ । अघिल्लो महिनाको तुलनामा वाणिज्य बैङ्कहरूको नाफामा ६.७९ प्रतिशतले गिरावट आएको हो ।

कुन बैंकको नाफा कति ?

ग्लोबल आईएमई बैंक – ९९ करोड २४ लाख रुपैयाँ

नबिल बैंक – ७५ करोड ५५ लाख रुपैयाँ

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक – ७४ करोड ८० लाख रुपैयाँ

हिमालयन बैंक – ६३ करोड १२ लाख रुपैयाँ

कुमारी बैंक – ५७ करोड ७१ लाख रुपैयाँ

राष्ट्रिय वाणिज्य बैंक – ४४ करोड ७० लाख रुपैयाँ

प्राइम कमर्सियल बैंक – ४२ करोड ४८ लाख रुपैयाँ

लक्ष्मी सनराइज बैंक – ४१ करोड ५४ लाख रुपैयाँ

एनआईसी एशीया बैंक – ३८ करोड ४६ लाख रुपैयाँ

एनएमबी बैंक – ३८ करोड ३१ लाख रुपैयाँ

एभरेष्ट बैंक – ३६ करोड ७७ लाख रुपैयाँ

नेपाल बैंक – ३६ करोड ४ लाख रुपैयाँ

कृषि विकास बैंक – ३३ करोड १६ लाख रुपैयाँ

प्रभु बैंक – २९ करोड ९९ लाख रुपैयाँ

सिद्धार्थ बैंक – २९ करोड ९६ लाख रुपैयाँ

स्ट्यान्डर्ड चार्टर्ड बैंक – २५ करोड ७८ लाख रुपैयाँ

सानिमा बैंक – २५ करोड २० लाख रुपैयाँ

सिटिजन्स बैंक – २४ करोड ७६ लाख रुपैयाँ

माछापुच्छ्रे बैंक – १८ करोड ८७ लाख रुपैयाँ

नेपाल ईसबीआई बैंक – १६ अर्ब ५ करोड रुपैयाँ

आर्थिक शिथिलताबिच उपभोग्य बजार र उत्पादनसँगै घटेको कर्जा मागले बैङ्कहरूको नाफा प्रभावित हुन पुगेको हो । यसमा निरन्तर बढ्दो बैंकको ब्याजदरका कारण लगानीको वातावरण बन्न नसकेको उद्योग व्यवसायीहरूको भनाई छ ।

पछिल्ला कार्यक्रमहरूमा अर्थमन्त्री डा. प्रकाशशरण महतले नै बैंकहरुले ब्याजदर वृद्धि गरेर लगानीको वातावरण बिथोल्ने काम गरिरहेको बताउँदै यस्तो कार्य बन्द गर्नुपर्ने बताउँदै आएका छन् । सरल र सुलभ ब्याजदर कायम गर्दै पर्याप्त लगानीको वातावरण बढाउनुपर्ने र उत्पादन वृद्धि गर्नुपर्नेमा उनको जोड छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here