धनुषा १३ असार ।। सोमबार धनुषाबाट हतियारसहित तीन जना भारतीय नागरिकलाई सशस्त्र प्रहरी बलले पक्राउ गरेको छ । जनकपुरधामबाट भारततर्फ जाँदै गरेको बीआर ०६ एपी ३००८ नम्बरको कारमा सवार उनीहरुलाई विदेह नगरपालिका-१ महिनाथपुरबाट हतियारसहित पक्राउ गरिएको सशस्त्र प्रहरी बलले जनाएको छ । पक्राउ पर्नेमा भारतको बिहार राज्य अन्तर्गत मुजफ्फरपुर ७ साहेबगञ्ज निवासी २९ वर्षीय राहुल रञ्जन, २० वर्षीय उज्जवल कुमार र २६ वर्षीय सञ्जय कुमार छन् ।

उनीहरुको साथबाट मेड इन यूएसए लेखिएको ७.६२ एमएमको एक राउण्ड गोली लोड भएको पेस्तोल बरामद भएको सशस्त्र प्रहरी निरीक्षक दिलेन्द्र खत्रीले जानकारी दिए । कारको अगाडिपट्टिको बायाँ साइडको सिटमुनि उक्त पेस्तोल राखेको अवस्थामा बरामद भएको उनले बताए ।हतियारसहित पक्राउ परेकाहरुलाई आवश्यक कारवाहीका लागि इलाका प्रहरी कार्यालय खजुरीको जिम्मा लगाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here