एजेन्सी, २८ भदौ ।। चेरी नेपालमा कम मात्रामा पाइने फल हो । यो फल बिदेशी फल भएकोले नेपालमा यसको खेती र प्रयोग कमै छ । चेरी महंगो भएतापनि स्वास्थ्यको लागि एकदमै लाभदायक फल हो । चेरी मिठो हुने र हेर्दा आकर्षित देखिन्छ । जसले गर्दा धेरै मानिसहरुले यो फलको प्रयोग गर्ने गर्दछन् । यसमा विभिन्न प्रकारका पौष्टिक तत्व वा खनिज पदार्थहरु पाइन्छ ।

१०० ग्राम चेरीमा ६४ क्यालोरी पाइन्छ । चेरीमा फाइबर १.४ ग्राम, एन्टिअक्सिडेन्ट, पोटासियम, मेलाटोनिङ केमिकल जस्ता थुप्रै गुणहरु पाइन्छ । जसले हाम्रो स्वास्थयलाई निकै फाइदा गर्दछ । चेरीबाट विभिन्न परिकारहरु बनाउन सकिन्छ । जुस, क्यान्डी, वाइन, जेली, केक वा ब्रेडमा मिसावटका रुपमा प्रयोग गर्ने गरिन्छ । चेरीबाट शारीरिक र आर्थिक फाइदा लिन सकिन्छ ।

चेरी फलका फाइदाहरु

१. चेरीको प्रयोगले तौल घटाउनको लागि फाइदा हुने गर्दछ ।
२. चेरीमा पोटासियम राम्रो मात्रामा पाइन्छ । जसले ब्लड प्रेसरको लागि फाइदा गर्दछ ।
३. चेरीमा मेलाटोनिन केमिकल पाइन्छ जसले निद्रा राम्रोसँग लाग्न मद्दत गर्दछ ।
४. यो फलमा एन्थोसायनिन पाइन्छ जसले एन्टिअक्सिडेन्टको काम गर्दछ ।
५. यसको प्रयोगले मुटुलाई स्वस्थ बनाउन मद्दत गर्दछ ।
६. चेरीको प्रयोगले युरिन इन्फेक्सन हुनबाट रोक्छ ।
७. चेरीको जुसले युरिक एसिड कम गर्दछ ।
८. चेरीको प्रयोगले डाइबिटिज बिरामीलाई फाइदा गर्दछ ।
९. चेरीले एसिडीटि भएको ब्यक्तिलाई फाइदा गर्दछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here