काठमाडौं १६ असार ।। प्रधानसेनापति प्रभुराम शर्मा संयुक्त राज्य अमेरिकाको भ्रमणमा छन् । असार १३ देखि अमेरिकाको औपचारिक भ्रमणमा निस्केका शर्माले असार १५ मा वासिङ्गटन डीसीस्थित नेशनल डिफेन्स युनिभर्सिटीको भ्रमण गरे । लेबनान र सिरियामा नेपाली शान्ति सैनिकले खेलेको भूमिका अवलोकन गरेर शर्मा अमेरिका पुगेका हुन् । उनी अमेरिकी सेनाको औपचारिक निमन्त्रणामा अमेरिका भ्रमणमा गएका हुन् । नेपाली सेनाले प्रधानसेनापतिको भ्रमणलाई ‘सद्भावना भ्रमण’ भनेको छ ।

सैनिक प्रवक्ता भन्छन्– नयाँ एजेन्डामा छलफल र निर्णय हुँदैन

प्रधानसेनापति शर्माले असार १५ मा संयुक्त राज्य अमेरिकाको डिफेन्स युनिभर्सिटी र वार कलेजको भ्रमण गरेका छन् । नेशनल डिफेन्स युनिभर्सिटी वासिङ्गटन डीसीमा छ । सो अवसरमा उनले अमेरिकाको ‘नेशनल वार कलेज’ का कमाण्डेन्ट ब्रिगेडियर जनरल जेफ हर्लबर्टसँग भेटवार्ता गरेका छन् । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार प्रधानसेनापतिले न्यावल वार कलेज, इजेनहोर स्कुल अफ नेशनल सेक्युरिटी एण्ड रिसोर्स स्ट्रेटेजी र नियर इस्ट साउथ एसिया सेन्टर फर स्ट्रेटेजिक स्टडिजका पदाधिकारीसँग भेटवार्ता गरेका छन् ।

न्यावल वार कलेज, इजेनहोर स्कुल अफ नेशनल सेक्यूरिटी एण्ड रिसोर्स स्ट्रे​टेजी र नियर इस्ट साउथ एसिया सेन्टर फर स्ट्रेटेजिक स्टडिजका पदाधिकारीले शैक्षिक गतिविधि र तालिमका विभिन्न पक्षबारे नेपालका प्रधानसेनापतिलाई जानकारी गराएका छन् ।

असार १४ मा प्रधानसेनापति शर्माले पेन्सलभेनियास्थित संयुक्त राज्य आर्मी वार कलेज र संयुक्त राज्य आर्मी हेरिजेट एण्ड एजुकेशन सेन्टरको भ्रमण गरे । प्रधानसेनापति शर्मा र संयुक्त राज्य आर्मी वार कलेजका कमाण्डेन्ट मेजर जनरल डेभिड सी हिलसँग भेटवार्ता भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । सो कलेजबाट अहिलेसम्म १६ जना नेपाली सेनाका अधिकृतहरु दीक्षित भएका छन् ।

नेपाली सेनाका एक जना महासेनानी हाल सो कलेजमा तालिमरत छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here