रौतहट ६ जेठ ।। रौतहट जिल्लाको राजदेवी नगरपालिकाका नव नवनिर्वाचित नगर प्रमुख भिखारी प्रसाद यादवले पद भार ग्रहण गरेकै दिन सबै भन्दा पहिलो जनहितकारी निर्णय नगरपालिका बाट एम्बुलेन्स खरिद गर्न गरेका छन् । स्थानीय संरचनाको पहिलो पटक निर्वाचित भएका मेयर धिरेन्द्र कुमार सिंह ले आफ्नो कार्यकालमा गर्न नसकेका कार्य नव निर्वाचित मेयर यादवले पहिलो दिन नै जनताको स्वास्थ्य सेवाको लागि एम्बुलेन्स खरिद गर्न आदेश गरेका हुन् ।

शपथ ग्रहण पश्चात पद भए ग्रहण गर्न गएका मेयर यादवले कर्मचारीहरुलाई सम्वोधन गर्दै आफु जनताको मालिक बनेर होइन सेवक बनेर काम गर्न इच्छुक रहेकोले जनतालाइ सहयोग गर्न कर्मचारीहरुलाई आग्रह साथ निर्देशन दिएका हुन् । उहाले भने विगत ३० वर्ष देखि जनता सेवामा रहेर कार्य गर्दै आएको परिश्रमको फल स्वरुप नगरबासीले यो जिम्मेवारी दिएका उनले बताएका छन् । जनताले दिएको जिम्मेवारी इमान्दारिता पुर्वक निष्ठावान भई निर्वाह गर्ने समेत प्रतिबद्धता जनाए छन् ।

जनताको कार्यको लागि जुन सुकै बेला तयार रहने बताउदै मेयर यादवले जनताले छानेको योजनालाइ प्राथमिकतामा राखेर हिड्न समेत कर्मचारीहरुलाई आग्रह गर । नगरपालिकाको विकासको लागि कर्मचारीहरुको भूमिका अपरिहार्य भएकोले सहयोग गर्न अपिल गर्दै जनताको कार्यमा ढिला सुस्ती नगर्न समेत निर्देशन दिए । नगर उपप्रमुख , वडा अध्यक्ष , वडा सदस्यहरुको शपथ ग्रहण सोमबार हुने समेत मेयर यादवले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here