रौतहट, २४ असोज ।। रौतहट प्रहरीले अबैध तरिकाले नेपालतर्फ ल्याउदै गरेको सामान पक्राउ गरेका छन् । जिल्ला प्रहरी कार्यलय रौतहट गौर बाट खटिएको प्रहरी गस्ती टोलीले गस्ती गर्दै जाने क्रममा जिल्ला रौतहट गौर न.पा.वडा नं.५ स्थित भारतबाट अवैध रुपमा भन्सार छली चोरी पैठारी गरी तोरी लगायतका सामानहरु पक्राउ गरेका छन् ।

मोटरसाइकलमा २ बोरा तोरी सहितका समानहरु लोड गरी नेपालतर्फ ल्याउदै गरेको अबस्थामा गस्ती टोलीले पक्राउ गरेका छन् । प्रहरी गस्ती टोलीलाई देखि मोटरसाइकल सहित सामान छाडी भागी फरार भएकोले सो स्थानमा प्रहरी टोली गई बेबारिसे अबस्थामा रहेको नम्बर नखुलेको चेचिस नं.MBLHAW120MG18206 र ईन्जिन नं.HAIIEOHHG10072 भएको हिरो होन्डा मोटरसाइकल १ थान र तोरीको बोरा २ वटामा ८० किलो गरी जम्मा मुल्य रु.१,०४,८००।–(एक लाख चार हजार आठ सय) बराबरको सामान र मोटरसाइकल पक्राउ गरि आवश्यक कार्वाहीको लागि गौर भन्सार कार्यालय रौतहटमा बुझाईएको प्रहरी नायव उपरीक्षक दामोदर केसीले जानकारी गराएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here